देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रियल मड्रिडले शीर्ष स्थानमा उक्लने मौका गुमायो

देशान्तर

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र सेभिल्लाले बराबरी खेलेका छन् । गएराति भएको खेलमा रियल र सेभिल्लाले २–२ गोल गरे । उपाधि भिडन्तमा निकै महत्व बोकेको खेलमा इन्जुरी समयमा गोल गर्दा खेल २–२ को बराबरीमा सकिएको हो ।

रियलका लागि मार्को एसेन्सिओले र इडन हजार्डले एक एक गोल गरे भने सेभिल्लाका लागि रिगेसले र रेकिटिकले एक एक गोल गरे । सेभिल्लाका लागि खेलको २२ औँ मिनेटमा रिगेसले गोल गरे भने ७८ औँ मिनेटमा पाएको पेनाल्टीमा रेकिटिकले गोल गरि पुनः सेभिल्लालाई अग्रता दिलाएका थिए ।

रियलका मार्को एसेन्सिओले ६७ औँ मिनेटमा गोल गरे । यस्तै, खेलको इन्जुरी समयको ९४ औँ मिनेटमा इडन हजार्डले गोल गरि रियल मड्रिडलाई हारबाट जोगाएका थिए । बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।

दोस्रो स्थानको रियल शीर्ष स्थानको एथलेटिको मडिड्र भन्दा दुई अंकले पछि छ । रियलको ७५ अंक छ भने एथ्लेटिको ७७ अंक छ । यस्तै, गएराति नै भएका अरु खेलमा एइबरले गेटाफलेलाई १-० गोल अन्तरले पराजित गरेको छ । भ्यालेन्सियाले रियल भालाडोलिडलाई ३-० तथा सेल्टा डि भिगोले भिल्लारियललाई ४-२ गोल अन्तरले पराजित गरेका छन् ।