देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टी एकता कायम राख्दै ओलीको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति बन्यो- डा. बाबुराम भट्टराई

देशान्तर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषदका अध्यक्ष डा. बाबुरम भट्टराईले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरिएको बताएका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै डा. भट्टराईले जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको बताएका हुन् ।

आइतबार भट्टराई निवासमा बसेको शिर्ष नेताहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि सोमबार प्रतिनिधि सभा हुने मतदानमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने निर्णय गरेको थियो ।

यस निर्णयपछि जसपाका सांसदहरु ओलीलाई विश्वासको मत दिने वा नदिने पक्षमा मतदान गर्न स्वतन्त्र रहेका छन् ।

उनले भनेका छन्-

जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ। सबैले आआफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न, देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं !