देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल समूहका सांसदहरुको राजीनामा दिने तयारी

देशान्तर

नेकपा एमाले माधव नेपाल समूहका सांसदहरु संसद सचिवालयमा पुगेका छन् । सांसदहरुले राजीनामा दिने चर्चा नलिरहेका बेला सांसदहरु सचिवालयमा पुगेका हुन् ।

आइतबार दिउँसो ३ बजेदेखि संघीय संसद् सचिवालय सिंहदरबारमा उनीहरु जम्मा हुन थालेका हुन् ।

सचिवालय परिसरमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, पवित्रा निरौला खरेल, निरादेवी जैरू, सरला यादव, विरोध खतिवडा लगायतका सांसद त्यहाँ पुगेका छन् ।स्थायी कमिटी बैठक जारी रहेको छ । बैठकले गर्ने निर्णयअनुसार अगाडी बढ्ने सांसदहरुले बताए ।

पार्टीमा विवाद विवाद बढ्दै गएको र अध्यक्ष केपी ओलीले आफूहरुको माग सम्बन्धोन नगरेपछि राजीनामा दिन लागेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअगावै नेपाल समूहका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् ।