देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनी प्रदेशमा विशेष अधिवेशनको माग

देशान्तर

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका विपक्षी दलहरूले विशेष अधिवेशन माग गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेटेर अविश्वास प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन आह्वान गर्न माग गरेका हुन् ।

विपक्षी दलहरूले ४० जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन् । यसअघि वैशाख ६ गते सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि पनि छलफल भएको छैन ।