देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसपाको पदाधिकारी बैठक सुरु

देशान्तर

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को पदाधिकारी बैठक सुरु भएको छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको निवास टोखामा बैठक सुरु भएको जसपा स्रोतले जानकारी दिएको छ ।

आजमात्रै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा मतदान नगर्ने र तटस्थ बस्ने खबर सुनाएर आएका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसहितको बैठक सुरु भएको हो ।

बैठकमा महन्थ, महतोसहित डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईलगायतका नेता सहभागी छन् । जसपाकै संघीय परिषद् अध्यक्ष भट्टराई र अर्का अध्यक्ष यादव प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको मत दिनुपर्ने र नयाँ सरकार गठन हुनुपर्ने बताउँदै आएका छन । त्यसै बिषयमा छलफल गर्न बैठक बसिरहेको छ ।