देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिल्लीमा एक साता थपियो लकडाउन

देशान्तर

काठमाडौं – भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा थप एक साता लकडाउन बढाउने निर्णय गरेका छन् ।

उनले यसपटकको लकडाउन थप कडा हुने बताए। लकडाउनभन्दा पहिला कोरोनाको संक्रमण दर ३५ प्रतिशत रहेकोमा यसपटक घटेर २३ प्रतिशतमा आएको उनले बताए ।

केजरीवालले लकडाउन लम्ब्याउनु आफ्नो रहर नभई बाध्यता भएको उल्लेख गरेका छन् । सोमबारदेखि दिल्लीमा मेट्रो रेल पनि चल्ने छैन । यो लकडाउन १७ मेसम्म जारी रहने छ ।

गत अप्रिल १९ मा केजरीवालले ६ दिनका लागि लकडाउनको घोषणा गरेका थिए । त्यसपछि उक्त लकडाउन मे ३ र मे १० मा गरी दुई पटक लम्ब्याइएको थियो ।

दिल्लीका अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको र अक्सिजन र आवश्यक औषधिको पनि अभाव हुन थालेपछि सरकारले लकडाउनको घोषणा गरेको थियो ।