देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

देशान्तर

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मुख्‍य सचेतक फखरुद्दिन खानका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा आइतबार अविश्वास प्रस्ताव दर्ता भएको हो।

मुख्यमन्त्री पोखरेलविरुद्ध यसअघि पनि वैशाख ६ मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। तर, त्यो प्रस्ताव छल्नका लागि मुख्यमन्त्री पोखरेलले १९ वैशाखको प्रदशेसभाको विशेष अधिवेशन बस्नुअघि नै राजीनामा दिएका थिए।

राजीनालगत्तै बहुमतको एकल सरकार दाबी गर्दै उनकै नेतृत्वमा सरकार गठन भएको थियो।