काठमाडौं – कैलाली र बाँकेका अस्पतालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गएराति देखि आज बिहानसम्म तीन जनाको धनगढीस्थित सेती अस्पताल र तीनको प्राइभेट अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
सेती अस्पतालमा धनगढीका ५० र ४५ वर्षीय पुरुष र कन्चनपुरका ६० वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै प्राइभेट अस्पताल कैलाली लम्किचुहाका ४३ वर्षीय पुरुष र टिकापुरका ५० वर्षीय दुई जना पुरुषको मृत्यु भएको जोशीले जानकारी दिए।
यसै गरी बाँकेको भेरी अस्पतालमा कोरोना संक्रमणका कारण थप तिन जनाको मृत्यु भएको छ। गएराति देखि आज बिहानसम्म बर्दियाका दुई महिला र दाङकी एक वृद्धाको मृत्यु भएको छ। बर्दिया बढैया तालकी ६५ वर्षीया र ३० वर्षिया महिला र दाङकी ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यलय बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।
प्रतिक्रिया