देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज कानुन दिवस मनाइँदै

देशान्तर

काठमाण्डौ – आज विभिन्न कार्यक्रम गरी कानुन दिवस मनाइँदैछ । नेपालमा विस। २००९ सालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको दिनको सम्झनामा बैशाख २६ गते कानुन दिवस मनाउने गरिन्छ ।

यो ऐनले प्रधान न्यायालयबाट भएका आदेश तथा फैसला अकाट्य तथा अन्तिम हुने कानुनी व्यवस्था गरेको थियो । नेपालको न्यायिक इतिहासमा प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको प्रस्थानविन्दुको रुपमा लिइन्छ । कानुनसँग सम्बन्धित संघसँस्थाले २०३१ सालदेखि बैशाख २६ गते कानुन दिवस मनाउँदै आएका छन् ।

कोरोना सङक्रमण जोखिमका कारण यसवर्ष भौतिक रुपमा कार्यक्रम हुने छैनन् । दिवसका अवसरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निस्पक्ष र विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा प्रतिबद्ध रहेको बताएका छन् । उनले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन दिवसले सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।