देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बार्यन म्युनिखलाई लगातार नवौँ पटक बुन्डेस लिगाको उपाधि

देशान्तर

काठमाडौँ – बायर्न म्युनिखले लगातार नवौँ पटक बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ । शनिबार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमण्डसँग ३-२ ले पराजित भएपछि बायर्न च्याम्पियन बनेको हो ।

लगातार नवौँ पटक बुन्डेस लिगाको उपाधि जितेको बायर्नको समग्रमा यो ३०औँ बुन्डेस लिगा उपाधि हो । बायर्न ३१ खेलमा ७१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बायर्न दोस्रो स्थानको लाइपजिग भन्दा ७ अंकले अघि रहेको छ ।