देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इङ्ग्लिस प्रिमियर लिग : चेल्सीले शीर्ष स्थानको सिटीलाई हरायो

देशान्तर

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएको छ । गएराति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोलले हरायो ।

४४ औं मिनेटमा सिटीका रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए पनि ६३ मिनेटमा हाकिम जेइच र इन्जुरी समयको अन्तिम मिनेटमा मार्कुस एलोन्सोले गोल गरेर टिमलाई जिताए ।जितसँगै चेल्सी ६४ अंकका साथ तेस्रो स्थानमा पुगेको छ ।

सिटी ८० अंकसहित शीर्ष स्थानमा छ । गएराति नै भएका खेलमा लिड्सले टोटनह्यामलाई ३–१ गोलले, क्रिस्टल प्यालेसले सेफिल्डलाई २–० ले र लिभरपुरले साउथ ह्याम्प्ट्नलाई २–० गोलले हराएका छन् ।