देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शनिबार ८,४१८ संक्रमित थपिए, ५३ जनाको मृत्यु

देशान्तर

काठमाडौँ –देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४ सय १८ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या ८३ हजार ४ सय ९३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १७ हजार ३ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार २ सय ८७ र ९ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा कोरोनाकै कारण ५३ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।