देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमित उद्योगपति रोशन सोनीको निधन

देशान्तर

काठमाडौँ– कोरोना संक्रमणबाट धरानका उद्योगपति रोशन सोनीको निधन भएको छ ।

विराट मेडिकल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको गएराति निधन भएको हो ।

दिल्लीमा अप्रेसन गरेर उनी घर फर्किएका थिए । सोही क्रममा पीसीआर जाँच गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई उपचारका लागि एक साताअघि मोरङको विराट मेडिकल शिक्षण अस्पताल लगिएको थियो ।

सोनीले धरानको तीनकुनेमा सूर्य कत्था उद्योग र टरपेन्टाइन खोटोको उद्योग र पेट्रोल पम्पसमेत सञ्चालन गर्दै आएका थिए ।

उनको निधनमा प्रदेश १ का उद्योगमन्त्री जगदीश प्रसाद कुशियतले श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले सफल उद्योगपति सोनिको निधनले आफु स्तब्ध भएको बताएका छन् ।