देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतको आन्ध्र प्रदेशको खानीमा बिस्फोट हुँदा दश मजदुरको मृत्यु

देशान्तर

काठमाडौँ –भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विस्फोटनमा कम्तीमा १० जना मजदुरको ज्यान भएको छ।

अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा उक्त विस्फोट भएको थियो।

खानी भित्र त्रुटिबस एउटा डेटोनेटर पड्काउँदा विस्फोट भएको र त्यहाँ कार्यरत मजदुरका शरीर क्षतविक्षत भएर हावामै उडको प्रत्यक्षदर्शीले बताएका छन्।