काठमाडौं – कोरोना संक्रमण पुष्टि हुने प्रतिनिधिसभा सदस्यको संख्या १९ पुगेको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १९ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ ।
संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजेटिभ देखिएको हो ।
कोरोना संक्रमण देखिएका अन्य १४१ जना संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आईसीसीका कर्मचारी छन् ।
प्रतिक्रिया