देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोभिड विरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई ओलीको आग्रह

देशान्तर

काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

अमेरिकी टेलिभिजन सीएनएनलाई शनिबार विशेष अन्तर्वार्ता दिँदै ओलीले राष्ट्रसंघ लगायतका निकायलाई मद्दतका लागि आग्रह गरेका हुन् । नागरिकलाई भाइरस संक्रमणबाट जोगाउन सरकारलाई अधिकतम प्रयास गरिरहेको समेत उनले बताए ।

भाइरस नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्धहरु लागु गरिएको बताउँदै प्रधानमन्त्री ओलीले अहिलेसम्म नेपालको परिस्थिती नियन्त्रणमा रहेको समेत बताए ।

गतमहिना राजधानी काठमाडौंमा भएका राजनीतिक प्रदर्शन, सभा र जुलुसहरु गर्नु गलत भएको बताउँदै प्रधानमन्त्रीले दलबाट हेलचक्र्याइँ भएको समेत स्वीकार गरे ।

‘ती प्रदर्शन राजनीतिक भएपनि सामाजिक समस्या थियो’ उनले भने, ‘केही गल्ती भयो राजनीतिक दलहरुबाट । हेलचक्र्याइँ भएकै हो ।’

भाइरसबाट जोखिम वर्गलाई जोगाउन सरकारले अधिकतम प्रयास गरिरहेको समेत उनले जनाए । सरकारको प्रयासको कारण पनि मृत्युदर १ प्रतिशतभन्दा तल सीमित रहेको ओलीको भनाई थियो ।