देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रतिनिधिसभाको बैठकको रणनीतिबारे छलफल हुने

देशान्तर

काठमाडौँ — प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन लागेको विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

शनिबार दिउँसो २ बजे बस्न लागेको बैठकमा प्रतिनिधिसभाको २७ गतेको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् ।

ुपर्सि प्रतिनिधिसभा अधिवेशन बोलाएको छ सरकारले, विश्वासको मत लिनका लागि । पार्टी पदाधिकारी बैठकले त्यसको विपक्षमा भोट हाल्ने र असफल पार्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको विश्वासको मत माग्ने पस्ताव कसरी असफल पार्ने भन्ने रणनीतिमा छलफल हुने उनको भनाइ थियोे ।

कांग्रेस संसदीय दलको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।