काठमाडौँ –पार्टीभित्र देखिएको विवाद समाधान गरी विभाजन हुनबाट जोगाउन अहिले एमालेमा दोस्रो तहका नेताहरु सक्रिय रहेका छन् ।
शुक्रबार बालुवाटारमा लामो समय छलफल गरेका नेताहरु आज पनि छलफलमा जुट्ने भएका छन् । हिजोको वार्ता सकारात्मक रहेकाले आज पनि वार्ता र छलफल जारी राख्ने नेताहरुले बताएका छन् ।
विवाद मिलाएर अगाडी बढ्नेमा नेताहरु सकारात्मक रहेपनि विवाद समाधानको विन्दु भने नभेटिएको छलफलमा सहभागी एक नेताले बताए ।
तर शुक्रबारको छलफल उठेका विषयहरुलाई आफ्नो पक्षका शीर्ष नेताहरुलाई ब्रिफिङ गर्ने र सोही अनुसार शनिबारको बैठकमा छलफल जारी राख्ने तयारी नेताहरुको छ ।
यस्तै नेताहरूले ओली र नेपालबीच पनि वार्ता गराउनका लागि पहल गरिरहेका छन् ।
प्रतिक्रिया