देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिनेत्री कङ्गना रनौतलाई कोरोना पुष्टि

देशान्तर

काठमाडौँ – भारतीय अभिनेत्री कङ्गना रनौतलाई कोभिड१९ को सङ्क्रमण भएको समाचार एजेन्सी एएनआईले जनाएको छ।

अभिनेत्री रनौत आफैले आफूलाई सङ्क्रमण भएको इन्स्टाग्राम पोस्टमार्फत पुष्टि गरेकी छन्। उनले यो सामान्य फ्लु रहेको र यसलाई सहजै जित्नु पर्ने बताएकी छन्।

योग गरिरहेको फोटो राख्दै उनले हर हर महादेव लेख्दै आफूलाई कोभिड१९ को सङ्क्रमण भएको बताएकी हुन्। कङ्गना रनौत पछिल्लो समय चलचित्रको विषय भन्दा बढी राजनीतिक टिप्पणीका कारण बेलाबेलामा चर्चामा आउने गरेकी छन्।