देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डब्लुएचओद्वारा चिनियाँ खोप सिनोफार्मलाई आपतकालीन प्रयोगको अनुमति

देशान्तर

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

डब्लुएचओले गैरपश्चिमी देशमा विकासित कोभिड खोपलाई पहिलोपटक अनुमति दिएको हो । 

सिनोफार्मले उत्पादन गरेको खोप यसअघि नै चीनसहित विश्वका विभिन्न देशमा दशौँ लाख मानिसलाई दिइएको छ ।

यसैक्रममा शुक्रबार डब्लुएचओले चिनियाँ खोपलाई  सुरक्षित, प्रभावकारी र गुणस्तरीय रहेको भन्दै आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । 

सिनोफार्मको खोप १८ वर्ष माथिका लागि दुई मात्रा दिनु पर्ने उल्लेख छ । यसको प्रभावकारीता ७९ प्रतिशत रहेको उत्पादकले बताएको छ ।

चिनियाँ औषधि कम्पनी सिनोभ्याकको भ्याक्सिनलाई पनि केही दिनभित्रै आपतकालीन प्रयोग अनुमति दिनसक्ने जनाइएको छ ।

डब्लुएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोदेर्नाको खोपलाई मात्रै स्वीकृति प्रदान गरेको थियो ।