देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य मन्त्रालयले भन्यो- सीरमबाट ५० लाख डोज खोप खरिद तत्काल सम्भव छैन

देशान्तर

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सीरम इन्स्टिच्युटसँग ५० लाख डोज खोप खरिद तत्कालका लागि सम्भव नभएको स्पष्ट गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सीरमसँग नेपालले खरिद गरेको १० लाख डोज खोप भने छिट्टै पठाउने प्रतिबद्धता सीरमले दिएको उल्लेख गरिएको छ  ।

सीरमले आगलागी र क्षमता विस्तारमा अवरोधका कारण ढीला भएको र क्षमता विस्तार भएपछि आपूर्ति गर्ने जानकारी दिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले अन्य खोप प्राप्त गर्न कुटनीतिक तथा अन्य मध्यमबाट समेत प्रयास गरिरहेको बताएका छन् ।