काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता गोकर्ण विष्टबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न विष्ट प्रधानमन्त्री निवास पुगेका हुन् । उनीहरु बीच लामै समय कुराकानी भएको स्रोतले जनाएको छ ।
अध्यक्ष ओलीसँग बिहीबार राति अबेरसम्म माधवकुमार नेपाल पक्षका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईले पनि कुराकानी गरेका थिए । तर छलफल कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।
ओलीले शुक्रबार बिहान विष्टलाई छलफलमा बोलाएका हुन् । २७ वैशाखमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने भएपछि एमालेका दोस्रो तहका नेतासँग भेटघाट तीव्र बनाएका छन् ।
प्रतिक्रिया