देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टिकटक बनाउने क्रममा भीरबाट लडेर युवकको मृत्यु

देशान्तर

दयपुर – उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।

धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना. १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे भीर छेउमा बिग्रिएको र सोही सुमोमा सवार धरान-५ का १८ वर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भीरबाट लडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार लडेर गम्भीर घाइते भएको परियारको उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।