देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मलामी बोकेको जीप दुर्घटना हुँदा १७ जना घाइते

देशान्तर

काठमाडौँ –कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् ।

वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।

काठमाडौँ –कुश्मा नगरपालिका–१० पीपलटारीमा शुक्रबार बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् ।

वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।

घाइतेमध्ये १६ वर्षीय अमन परियार र ५७ वर्षीय माने परियारलाई गम्भीर चोट लागेको छ । घाइतेको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका बिरामीलाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए।

घाइते हुनेमा एउटै गाउँका बलबहादुर परियार, डिलबहादुर परियार, रामचन्द्र परियार, शक्ति परियार, मिठु परियार, सुमित परियार, रविना परियार, अङ्कित परियार, उज्ज्वल परियार, बाबुराम परियार, डिले परियार, मीन परियार, अनिनाथ परियार, अमृशा परियार र पृथ्वी परियार रहेका छन् । सामान्य घाइते रहेका चालक अनिनाथ परियारलाई प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।