देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा १२ वर्षिया बालिकाले चलाइन् शिक्षिकामाथि गोली

देशान्तर

काठमाडौँ –अमेरिकाको इडाहो राज्यको रिग्बी शहरमा १२ वर्षिया बालिकाले गोली चलाउँदा तीन जना घाइते भएका छन्।

रिग्बी शहरको माध्यमिक विद्यालयमा ६ कक्षामा पढ्ने १२ वर्षिया बालिकाले आफैसँग पढ्ने दुई साथि र एक महिला शिक्षिकामाथि गोली चलाएकी हुन् ।

प्रहरी अधिकारीले घटनामा घाइते भएकाहरुको अस्पतालमा उपचार भइरेहको बताएका छन्।

प्रहरी घटना स्थलमा पुग्दासम्म एक महिला शिक्षिकाले ती बालिकालाइ निशस्त्र बनाई नियन्त्रणमा लिएको प्रहरी अधिकारीले बताएका छन्।

घटानाको विषयमा अनुसन्धान भइरहेको र घटनाको उद्देश्य थाहा नभएको प्रहरीले बताएको छ।