देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खोप चाँडै आपूर्ति गर्ने सेरमको जवाफ, ३० टन लिक्विड अक्सिजन नेपाल ल्याइदै

देशान्तर

काठमाडौँ –भारतले नेपालसँगको अवरुद्ध खोप आपूर्ति सुचारु हुने जनाएको छ ।

खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटसँगले चाँडै खोप आपूर्ति हुने आशयको जवाफ दिएको दिल्लीस्थित नेपाल राजदूत निलाम्बर आचार्यले जानकारी दिए ।

‘उहाँहरुले खोप आपूर्ति चाँडै हुने कुरामा सकारात्मक जवाफदिएका छन् र हाम्रो पहल पनि जारी छ’ आचार्यले भने, ‘भारतले विहिबार मात्र लिक्विड अक्सिजनको निर्यातमा लगाएको रोक खुला गरेको छ । हामी खोप आपूर्ति चाँडै हुनेमा आशावादी छौं ।’

खोप लगायतका अन्य स्वास्थ्य सामाग्रीको आपूर्तिको लागि पनि दूतावासले भारतीय निकायलाई पहल गरिरहेको समेत राजदूत आचार्यले जानकारी दिए । भारतले नेपाललाई भुक्तानीबापत १० लाख डोज कोभिसिल्ड खोप दिन बाँकी छ ।

यसैबीच, भारतले अक्सिजन निर्यात फुुकुवा गरेलगत्तै भोलि शनिबार दुईवटा ट्यांकरमा ३० टन लिक्विड अक्सिजन नेपाल आइपुग्ने भएको छ । यो परिमाणको अक्सिजनले १ लाख ८० हजार भन्दा बढी सिलिन्डर भर्न मिल्ने जनाइएको छ ।