देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद सचिवालयमा कार्यरत उपसचिवको कोरोना संक्रमणबाट निधन

देशान्तर

काठमाडौं– संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ ।

तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत गरिएको थियो ।