देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शुक्रबार सुनको चादिको भाउमा बृद्धि

देशान्तर

काठमाण्डौ-सुनको भाउ आज पनि बढेको छ ।

सुन आज तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

हिजो तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन तोलामा एघार सय रुपैयाँ बढेको हो । अस्ति बुधवार सुन तोलामा ९० हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि बढेको छ ।

हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १३ सय ५० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।