देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेबाट राष्ट्रियसभाको उपचुनावमा गृहमन्त्री थापा नै बने उम्मेदवार

देशान्तर

काठमाडौं – नेकपा एमालेबाट राष्ट्रियसभाको उपचुनावमा अन्तत गृहमन्त्री रामबहादुर थापा नै उम्मेदवार बनेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले शिर्ष नेताहरुको बैठकले थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेपछि उनी उम्मेदवारी मनोनयनका लागि हेटौंडातर्फ लागेका छन् ।

यसअघि एमाले पराजित हुने अवस्थामा थापाले उम्मेद्वारी नदिने अडान लिदै आएका थिए ।

त्यस्तै नेपाली काँग्रेस, माओवादी केन्द्र र एमालेकै नेपाल पक्षको समर्थनमा डा, खिमलाल देवकोटाले मनोनय दर्ता गर्दै छन् ।

रामबहादुर थापा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले कारवाही गरेपछि रिक्त रहेको राष्ट्रिय सभामा सदस्य पदमा जेठ ६ गते निर्वाचन हुदै छ ।