देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभाको उपनिर्वाचनमा डा:देवकोटाले मागे कलम चुनाव चिह्न

देशान्तर

हेटौंडा– माओवादी:कांग्रेससहितको समर्थनमा राष्ट्रियसभा उपनिर्वाचनमा उम्‍मेदवार बनेका डा। खिमलाल देवकोटाले कलम चुनाव चिह्न माग गरेका छन् ।

राष्ट्रिय सभा उपनिर्वाचनमा संयुक्त प्यननलबाट उमेदवारी दर्ताको लागि हेटौंडा आइपुगेका उनले आफू स्वतन्त्र उम्‍मेदवार भएको दाबी गर्दै निर्वाचन आयोगसँग कलम चुनाव चिह्न माग गरको हुन् ।

उनी अहिले माओवादी संसदीय दलका नेता शालिकराम जमकटेल र कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहित निर्वाचन अधिकृत तथा न्यायायधीश डिल्लिरत्न श्रेष्ठसँग छलफलमा छन् ।

दे‍वकोटाको उमेदवारी दर्तामा कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घले समर्थक र माओवादी केन्द्र संसदीय दलका नेता जमकटेल प्रस्तावक रहेका छन् ।