काठमाडौँ — नेकपा एमाले स्थायी कमिटी बैठकले वाग्मती प्रदेशबाट राष्ट्रिय सभाको रिक्त सिटका लागि हुन लागेको उपनिर्वाचनमा रामबहादुर थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले थापालाई नै उम्मेदवार बनाउने निर्णय लिएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । ुराष्ट्रिय सभाको उम्मेदवार रामबहादुर थापालाई नै बनाउने निर्णय भयो,ु उनले भने ।
स्थायी कमिटी निर्णयलगत्तै गृहमन्त्रीसमेत रहेका थापा उम्मेदवारी दर्ताका लागि हेटौंडा गएका छन् । उनको साथमा प्रधानमन्त्रीका कानुनविज्ञ बाबुराम दाहाल, एमाले नेता अग्नि खरेललगायत पनि गएका छन् ।थापासहितको टोली हेलिकोप्टरमा हेटौंडा गएको हो ।
कांग्रेस, माओवादी, एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष तथा जसपाको उपेन्द्र यादव पक्षले भने संघीयताका विज्ञ खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
माओवादीबाट निर्वाचित थापा एमाले प्रवेश गरेपछि वाग्मती प्रदेशको राष्ट्रिय सभाको सिट रिक्त भएको थियो । उक्त सिटमा जेठ ६ गते मतदान हुँदै छ ।
प्रतिक्रिया