देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्यानचेस्टर युनाइटेड चार बर्षपछि यूराेपा लिगकाे फाइनलमा

देशान्तर

नर्वेजियन प्रशिक्षक ओले गुनरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेड पहिलो पटक युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा इटालीयन क्लव रोमासँग तीन दुईले पराजित भएपनि पहिलो लेगमा हात पारेको छ दुईको जितका कारण समग्रमा आठ पाँच गोलका साथ युनाइटेडले सन् २०१७ पछि पहिलो पटक यूरोपा लिगको फाइनलमा स्थान बनायो ।

विहिबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले सुरुवाती अग्रता जोगाउन सकेन । युनाइटेडका लागि दुबै गोल इडिन्सन काभानीले गरेका थिए । खेलको ३९ औं मिनेटमा काभानीको गोलमा युनाइटेडले अग्रता बनाएको थियो । जुन गोलका कारण युनाइटेडले पहिलो हाफमा एक शुन्यको अग्रता लिन सफल भयो ।

तर ५७ औं मिनेटमा जेकोको गोलमा रोमाले खेल बराबरी गर्न सफल भयो । त्यसपछि ६० औं मिनेटमा जेकोले गोल गरेपछि रोमा दुई एकले अगाडी रह्यो । तर ६८ औं मिनेटमा काभानीले ब्यक्तिगत दोस्रो गोल गर्दा खेल दुई दुईको अवस्थामा पुग्यो ।

खेलको ८३ औं मिनेटमा युनाइटेडका टेलेसले आत्मघाती गोल गरेपछि रोमाले दोस्रो लेगमा तीन दुईको जित निकालेपनि पहिलो लेगमा ब्यहोरेको छ दुईको हारका कारण सेमिफाइनलबाट नै बाहिरीन पुग्यो ।

काभानीले युरोपा लिगमा अन्तिम १५ खेलमा १६ गोल गर्न सफल भए । दुई लेगमा १३ गोल भएको युरोपा लिगमा पहिलो पटक हो । गुनरको प्रशिक्षणमा युनाइटेडले पहिलो पटक कुनैपनि प्रतियोगिताको फाइनलमा पुगेको हो । अब उसले उपाधिका लागि भिल्ला रियलसँग खेल्नेछ । भिल्ला रियलले आर्सनललाई हराउँदै फाइनलमा पुगेको छ ।