देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाल्पामा जेठ ४ गतेसम्म निषेधाज्ञा

देशान्तर

पाल्पा – पाल्पामा निषेधाज्ञा एकसाता थप गरिएको छ। बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले दोस्रो चरण अन्तर्गत निषेधाज्ञाको समयावधि थप गरेको हो। यसअघि जारी गरिएको समय शुक्रबार (भोलि) राति १२ बजेदेखि सकिदै छ।

थप गरिएको निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि जेठ ४ गते मंगलबार राति १२ बजेसम्म कायम रहने पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए। थप गरिएको निषेधाज्ञाको समयावधिमा पहिलो चरणको भन्दा कडाइ गरिने उनले वताए।

खाद्य पसल दैनिक दुई घण्टा मात्र खुला रहने छन्।  बिहान ७ देखि ९ बजेसम्म पसल खुला रहने उनले बताए। यस्तै बैंक तथा वित्तिय संस्थासमेत पूर्णरूपमा बन्द रहने छन्। विवाहमा १५ जना मात्र जन्ती जान पाउने छन्। १५ जनाभन्दा बढी मलामीसमेत जान नपाइने प्रजिअ पाण्डेले बताए।