देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले बोलायो संसदीय दलको बैठक

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसले वैशाख २५ गते पार्टी संसदीय दलको बैठक बोलाएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से कक्षमा दिउँसो २ बजे बस्ने छ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को आगामी बैठकमा लिइने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो । सो विषयमा पनि संसदीय दलको बैठकमा छलफल हुने उनले जनाइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको हुँदा यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् ।