देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल सुपर लिग : ललितपुरकाे पहिलाे जित, बुटवल लुम्बिनी १-०शून्य गोलले पराजित

देशान्तर

काठमाण्डाै – ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ । दशरथ रङ्गशालामा बिहीवार भएकाे पहिलाे खेलमा बुटवल लुम्बिनी एफसीलाई एक–शून्य गोल अन्तरले पराजित गर्दै ललितपुरले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

ललितपुरलाई जिताउन नुर्लान नोभ्रुजुभ जाहिदले निर्णायक गोल गरे । जितसँगै ललितपुरले पाँच खेलमा ६ अङ्क जोडेको छ । बुटवलकाे भने पाँच खेलमा पाँच अङ्क छ । दाेस्राे खेलमा अहिले काठमाण्डौ रेजर्स एफसी र विराटनगर सिटी एफसी खेल्दै छन् ।