देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा कोरोनाको तेस्रो लहरको जोखिम उच्च

देशान्तर

काठमाडौँ –कोरोना भाइरसको स्थानीय भेरियन्टका कारण तीव्र गतिमा संक्रमण फैलिएको भारत सरकारका शीर्ष वैज्ञानिकले बताएका छन् ।

नेशनल सेन्टर फर डिजिज कन्ट्रोलका प्रमुख सुजीत कुमारले भनेका छन्, ‘भारतमा सुरुको केही समय युके भेरियन्ट देखिएको थियो ।

तर अहिले धेरै राज्यमा कोरोनाको स्थानीय भेरियन्टको संक्रमण देखिएको छ ।’ उनले कोरोना भाइरस संक्रमणको तेस्रो लहर पनि आउन सक्ने बताएका छन् ।

बुधबार भारत सरकारले तीव्र गतिमा संक्रमण बढ्नुमा डबल म्युटेन्ट भेरियन्टका कारण फैलिएको बताएको हो ।

यसअघि भने भारत सरकारले बी १६१७ भेरियन्टको संक्रमण त्यति नरहेको बताएको थियो र दोस्रो लहरमा त्यसको सम्बन्ध नरहेको दाबी गर्दै आएको थियो ।

भारतमा अहिले युके, ब्राजिल र दक्षिण अफ्रिका भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ।