देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से १२ अंकले घट्यो

देशान्तर

काठमाडौँ – बिहीबार सेयर बजाको परिसूचक नेप्से १२ अंकले घटेको छ। सो अंक घटेसँगै परिसूचक २६३७ अंकमा कायम भएको छ। यस दिन कुल ६ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भयो। बैंकिङ ७ र फाइनान्स ३ अंकले बढेको छ। ब्यापार ६२, होटल तथा पर्यटन ४४, विकास बैंक १३, जलविद्युत ४९, जीवन बीमा १३०, उत्पादन ३७, अन्य २३, माइक्रोफाइनान्स ६३, जीवन बीमा २३९ अंकले घटेका छन्।

यस दिन ६ कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। खानीखोला हाइड्रोपावर, जनउत्थान सामुदायिक लघुवित्त, महिला लघुवित्त, समता घरेलु लघुवित्त, रुरु जलविद्युत र युनियन हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। कारोबारका आधारमा यस दिन जलविद्युत लगानी तथा विकास कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ४६ करोड रुपैयाँ बराबरको कारोबार भयो। दोस्रोमा रहेको एनसिसी बैंकको ४२ करोड रुपैयाँ बराबरको कारोबार भयो।

विशाल बजार कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ। सिंगटी हाइड्रोको मूल्य ९ प्रतिशतले घटेको छ। हिजोसम्म विशाल बजार कम्पनीको मूल्य निरन्तर १० प्रतिशतले बढेको थियो।