देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रेम्डिसिभिर कालोबजारीको आरोपमा काठमाडौंमा एक जना पक्राउ

देशान्तर

काठमाडौं – कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

गोरखा घर भएका रसिक मियाँलाई महाराजगञ्जबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए । एक सेट (६ पिस) रेम्डिसिभर १ लाख २० हजारमा बेच्दै गरेको अवस्थामा महाशाखाको टोलीले मियाँलाई पक्राउ गरेको हो ।

त्रिवि शिक्षण अस्पताल अगाडि रहेको सेवक फर्माका दिपक ढकालले भनेअनुसार आफुले रेम्डिसिभिर तोकिएको भन्दा धेरै मुल्यमा बेचेको अभियुक्तले प्रहरीलाई बताएका छन् । उनीबारे अनुसन्धान भइरहेको एसएसपी खापुङले बताए ।