देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकेमा थप १० थप कोरोना सङ्क्रमितको मृत्यु

देशान्तर

राँझा – बाँकेमा उपचारका लागि भर्ना भएका थप १० कोरोना सङ्क्रमितको गए राति अस्पतालमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौ बाँकेका र एक जाजरकोटका रहेका छन् । गए रातिदेखि आज बिहान ७:०० बजेसम्म उपचारका क्रममा अस्पतालमै उनीहरुको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै सात जनाको मृत्यु भएको छ । त्यसमा वडा नं १० एउटै वडा निवासी तीन रहेका छन् । भेरी अस्पतालमा नौ र शिक्षण अस्पताल कोहलपुरमा एक जनाको मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज–१ निवासी ५८ वर्षीय पुरुषको गए राति १०:०० बजे, वडा नं ४ निवासी ५५ वर्षीय पुरुषको गए राति १२:३० बजे, वडा नं १० निवासी ७८ वर्षीया महिलाको गए राति ७:३० बजे, वडा नं १० निवासी २७ वर्षीय पुरुषको १०:२० बजे, वडा नं १० का ७८ वर्षीय पुरुषको बिहान १:४० बजे, वडा नं १२ निवासी ४५ वर्षीय पुरुषको ६:१५ बजे, वडा नं १९ का ७७ वर्षीय पुरुषको बिहान ४:३० बजे, भेरी नगरपालिका जाजरकोटका ४३ वर्षीया महिलाको राति ९:०० बजे र नरैनापुर गाउँपालिका–१ निवासी ५६ वर्षीय पुरुषको आज बिहान ७:०० बजे मृत्यु भएको छ । 

यसैगरी यही वैशाख १४ गते भर्ना भएका कोहलपुर नगरपालिका–५ निवासी ३४ वर्षीय पुरुषको गए राति ९:४० बजे शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिए । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या बाँकेका १५७ पुगेको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा मृत्य हुनेको सङ्ख्या १२७ पुगेको छ ।