देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीलाई विश्वासको मत जुटाउन अन्य दलसँगको छलफललाई निरन्तरता दिँदै एमाले

देशान्तर

काठमाण्डौ – नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत जुटाउन पहल गर्ने निर्णय गरेको छ ।

बिहिाबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि एमाले नेता प्रदीपकुमार ज्ञवालीले आउँदो २७ गतेको संसद अधिवेशनमा प्रधानमन्त्रीका लागि विश्वासको मत जुटाउन अरु दलसँगको छलफललाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिँदै छन् । मत जुटाउन उहाँले हिजो कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमै पुगेर छलफल गरे । यस्तै बैठकले राष्ट्रियसभा चुनावमा मतको विश्लेषण गरी उमेदवार छान्ने निर्णय गरेको ज्ञवालीले बताए ।

उनले भने जेठ ६ गते हुन गइरहेको वाग्मती प्रदेशबाट निर्वाचित हुने एक जना राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउने गरी, एमालेको जित सुनिश्चित हुने गरी छलफल गर्ने निर्णय भएको छ ।

उम्मेदवारको हकमा हामी छिट्टै निर्णय गर्छौँ । विश्वासको मत प्राप्त गर्ने गरी विभिन्न पक्षसँग छलफल चलिरहेको छ । त्यसलाई अझै सघन ढङ्गले अघि बढाउने र त्यसलाई निरन्तरता दिने पनि कुरा भएको छ ।