देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन

देशान्तर

बाँके– पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन भएको छ । कोभिड सङ्क्रमण भइ भेरी अस्पतालमा उपचार गराइरहनुभएका पहाडीको गएराति ७७ वर्षको उमेरमा निधन भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको निवासमा होम आइसोलेशनमा रहेका पहाडीलाई स्वास्थ्यमा समस्या भएपछि हिजो मात्रै अस्पताल भर्ना गरिएको हो ।

डोल्पाबाट निर्वाचित सांसद पहाडी २०५३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिलो कानुन राज्यमन्त्री र पछि वन तथा भू–संरक्षण र आपूर्ति मन्त्री बनेका थिए ।