देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रियल म्याड्रिडलाई हराउँदै चेल्सी फाइनलमा

देशान्तर

काठमाडौँँ – युरोपेली च्याम्पियन्स लिग फुटबलमा दुई इंलिस क्लब म्यानचेस्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल पुग्ने क्रममा चेल्सीले गए राति रियल म्याड्रिडलाई २(० ले हरायो । घरेलु मैदानमा चेल्सीबाट टिमो वेर्नरले २८ र मसोन माउन्टले ८५ मिनेटमा गोल गरे ।

समग्रमा दुई लेगको खेलमा चेल्सी ३(१ ले विजयी भएको हो । यसअघि रियलको घरेलु मैदान सान्टियागो बेर्नाबउमा गत साता सम्पन्न पहिलो लिगमा १(१ गोलको बराबरी भएको थियो ।

२९ मेइमा टर्कीको इस्तानबुलमा हुने फाइनलमा अब चेल्सीले अर्को इंलिस क्लब म्यानचेस्टर सिटीको सामना गर्नेछ । सेमिफाइनलमा पेरिस सेन्ट जर्माइनलाई ४र१ ले हराएर सिटी पहिलो पटक फाइनल पुगेको हो ।