देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालबालिकालाई फाइजर खोप लगाउन क्यानडाको अनुमति

देशान्तर

क्यानडाले १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्ध फाइजर खोप लगाउन अनुमति दिएको छ ।

यो उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्ध खोपको अनुमति दिने क्यानडा पहिलो मुलुक हो ।

स्वास्थ्य मन्त्रालयले सो उमेर समूहका बालबालिकाको तीन चरणमा गरेको क्लिनिकल परीक्षणपछि सो अनुमति दिएको जनाएको छ ।

स्वास्थ्य विभागले यो उमेर समूहका बालबालिकामा प्रयोग गरिएमा खोप सुरक्षित र प्रभावकारी हुने दावी गरेको बीबीसीले जनाएको छ ।

यता खोप उत्पादक कम्पनी फाइजरले पनि सो उमेर समूहका बालबालिकाका लागि खोप प्रभावकारी भएको दावी गरेको छ ।

क्यानडाले आगामी सोमबार १२ लाख भन्दा बढी बालबालिकालाई सो खोप दिने समाचारमा जनाइएको छ ।

क्यानडामा एक करोड २० लाख भन्दा बढी कोरोना संक्रमित रहेका छन् । तीमध्ये करिब २० प्रतिशत १९ वर्ष मूनिका रहेको त्यहाँको सरकारले जनाएको छ ।

यसअघि खोपको व्यवस्थापनमा ढिलाइ हुँदा करिब ३४ प्रतिशत नागरिकले मात्र खोप लगाएका छन् ।

यता अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै हप्तादेखि १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी रहेको बताउनुभएको छ ।