देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चेल्सी र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा भिड्ने

देशान्तर

च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि चेल्सी र म्यानचेस्टर सिटी भिड्ने भएका छन् ।

स्पेनिस जाइन्ट रियल मड्रिडलाई पराजित गरेर चेल्सीले अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीसँगको फाइनल भेट पक्का गरेको हो ।

घरेलु मैदानमा बुधबार राति भएको फेमिफाइनल दोस्रो लेगमा चेल्सीले रियल मड्रिडमाथि २–० को जित दर्ता गरेको हो ।

Image

पहिलो लेगमा १–१ गोलको बराबरी भएकाले चेल्सी समग्रमा ३–१ गोलले विजयी हुँदै फाइनलमा पुग्न सफल भएको हो ।

चेल्सीको जितमा टिमो वेर्नर र म्यासन माउन्टले गोल गरेका हुन् । खेलको २८ औँ मिनेटमा वेर्नर र ८५ औँ मिनेटमा माउन्टले गोल गरेका हुन् ।

यसअघि मंगलबार राति भएको खेलमा पिएसजीलाई पराजित गरेर म्यानचेस्टर सिटीले फाइनलमा स्थान बनाएको थियो ।
उपाधिका लागि मे २९ मा स्थानबुलमा चेल्सी र म्यानचेस्टर सिटीबिच प्रतिस्पर्धा हुनेछ ।