देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निषेधाज्ञामा अत्यावश्यक कामका लागि बाहिर निस्किनुपरे के गर्ने ?

देशान्तर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञाका क्रममा घरबाहिर निस्कनुपर्ने भएमा त्यसमा सहजीकरण गर्न थप व्यवस्था गरेको छ ।

बुधबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कार्यहरू‚ जस्तै: मृत्यु संस्कार, बिरामी तथा बिरामी कुरुवा र विवाहमा जाने व्यक्तिको हकमा पास जारी गर्नेलगायतका विषयमा थप स्पष्ट पारिएको जनाएको छ ।

अब विवाह व्रतवन्धजस्ता संस्कारका हकमा १५ जनासम्म व्यक्ति र २ वटा सवारी साधन प्रयोग गरी व्यानरका आधारमा जिल्लाभित्र वा अन्तर जिल्लामा आवत जावत गर्न पाउने सूचनामा उल्लेख गरिएको छ ।

यस्तै मृत्यु संस्कारका लागि समेत प्रशासन कार्यालयबाट अनुमति लिन मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचय खुल्ने कागजातको प्रतिलिपिसहितको निवेदन पेस गरिनुपर्ने प्रशासनले जनाएको छ ।