देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरालाई हराउँदै धनगढी एनएसएलकाे प्लेअफमा

देशान्तर

काठमाडौ – धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा पोखरा थण्डर्सलाई १-० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे । तर, खेलको ६८ औं मिनेटमा परिवर्तित खेलाडी दर्शनले गोल गर्दै धनगढीलाई १-० को अग्रता दिलाएका थिए । डिबक्स भन्दा बाहिरबाट दर्शनले उत्कृष्ट हाफ भली गोल गरेका थिए ।

खेलमा धनगढीका कप्तान किरण चेम्जोङ प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीका अशोक खवास चुनिए । उनले १० हजार प्राप्त गरे । यस जितसँगै धनगढीले ५ खेलमा १० अंक जोडेको छ । यस जितसँगै धनगढीले प्लेअफमा स्थान पक्का गरेको हो ।