देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार, आईसीयूबाट वार्डमा सारियो

देशान्तर

काठमाडौं – कोरोना संक्रमणपछि नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार भएको छ । अस्पतालले कोमललाई आईसीयूबाट वार्डमा सारिएको जानकारी दिएको छ ।

कोरोना संक्रमणपछि १२ दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणासहित उनी नर्भिक अस्पतालमा भर्ना भएकी थिइन् । कोमललाई बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

उनको आइसीयूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको हो । उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ । नर्भिक अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ ।