पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार उनमा कोरोना संक्रमण देखिएको हो । उनको मंगलबार गराएको एन्टिजेन परीक्षण पनि पोजेटिभ देखिएको थियो । मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बसेका छन् ।
मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि संक्रमण देखिएको छ । न्यौपाने ३ दिनदेखि होम आइसोलेसनमा बसेका छन् । संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए। मुख्यमन्त्री गुरुङ मंगलबार सर्वदलीय बैठकमा पनि सहभागि भएका थिए।
प्रतिक्रिया