देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति भण्डारीद्वारा अर्को अध्यादेश जारी

देशान्तर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज अर्को अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार राष्ट्रपति भण्डारीले रेल्वे सम्बन्धी अध्यादेश २०७८ जारी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संबिधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिशमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । यस अघि मंगलबार राष्ट्रपति भण्डारीले विवादित संबैधानिक परिषद सम्बन्धि अध्यादेशसहित ७ अध्यादेश जारी गरेकी थिइन् ।