देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सभा उपनिर्वाचन : कांग्रेस-माओवादीको साझा उम्मेदवार देवकोटा

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधवकुमार नेपालपक्षले वाग्मती प्रदेश अन्तर्गत हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनमा खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार कांग्रेस, माओवादी र नेपालपक्षको तर्फबाट साझा उम्मेदवार देवाकोटालाई बनाउने निर्णय भएको हो ।

मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नेपालको छलफलबाट देवकोटालाई साझा उम्मेदवार बनाउने सहमति भएको नेता श्रेष्ठले बताए । तत्कालीन माओवादीले रामबहादुर थापालाई राष्ट्रियसभा उम्मेदवार बनाएको थियो । थापा एमाले प्रवेश गरेपछि माओवादीले उनलाई कारबाही गर्दा वाग्मतीमा राष्ट्रियसभाको एक पद रिक्त छ । उक्त पदमा जेठ ६ गते उपनिर्वाचन हुँदै छ ।